सन् २०३० सम्म नेपालमा करिब ५५ खर्ब ‘जलवायु स्मार्ट’ लगानीको अवसर
नेपालमा सन् २०१८ देखि २०३० को बीचमा ४६ अर्ब अमेरिकी डलरबराबर ‘जलवायु स्मार्ट’ लगानीको अवसर रहेको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)ले सार्वजनिक गरेको हरित वित्तसम्बन्धी...
काठमाडौं । श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् ।नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रुची देखिएको छ । ‘यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन्,’ कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले […]
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका लागि चिनियाँ राजदूत छन् सोङसँग मंगलबार गरेको भेटका क्रममा नेपालमा लगानीको अवसर रहेकाले लगानी गर्न आग्रह गरेका छन्।...
लगानी बोर्डले मकाउस्थित नेपाली उद्योगी तथा व्यवसायीसँग नेपालमा लगानीको सम्भावनाबारे अन्तरक्रिया गरेको छ । महावाणिज्य दूतावास, हंकङको समन्वयमा बोर्डले उद्योगी तथा व्यवसायीसँग लगानीबारे अन्तरक्रिया गरेको हो । कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा व्यावसायिक वातावरण सुरक्षित बन्दै गएकाले लगानी गर्न आग्रह गरे । विशेषगरी नवीकरणीय ऊर्जा र निर्माण क्षेत्रमा सहज लगानीको अवसर रहेको […]
काठमाडौं : नेपालमा पर्यटनको सम्भावना र चिनियाँ लगानीको अवसरबारे बेइजिङमा छलफल भएको छ।
बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गरेको गोष्ठीमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले चिनियाँ पर्यटक र लगानीकर्ताका लागि नेपालमा सुनौलो अवसर रहेको बताएका थिए।
उनले चीन र नेपालबीच घनिष्ठ सम्बन्ध रहेको भन्दै पर्यटनले दुई देशलाई जोड्न सकिने…
लगानीसम्बन्धी विभिन्न ऐन–कानुन संशोधन गरेर सरकारले नेपालमा लगानीको वातावरण बनाएको भन्दै विदेशी लगानीकर्ताहरूलाई लगानीका लागि अनुरोध गरेको छ । केही लगानीकर्ताहरू नेपाल सरकारको आह्वानप्रति सकारात्मक पनि छन् । केही लगानी विस्तार गर्दै छन् र केही लगानी गर्ने अवसर खोज्दै छन् । तर पनि नेपालमा लगानीको अवस्था हेर्दा भारत तथा चीनबाहेक कोही पनि किन त्यति धेरै […]
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्तालाई नेपालमा पर्याप्त लगानीको अवसर रहेको बताएका छन्। नेपाल–फ्रान्स व्यावसायिक मञ्चको भर्चुअल बैठकमा बोल्दै उलने नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढेकाले पूर्वाधार, पर्यटन, अर्थतन्त्रको डिजिटलाईजेसन र कृषि प्रशोधनमा विदेशी लगानीको सम्भावना रहेकाले फ्रान्सेली लगानीकर्ताले यस क्षेत्रमा लगानी गर्न सक्ने बताए।
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको राम्राे वातावरण रहेको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको ५५ औँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आज काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालले लगानीमैत्री कानुन बनाएको र बन्द, हड्ताल, आन्दोलन जस्ता गतिविधिमा पनि निकै कमी आएकाले लगानीको राम्रो अवसर रहेको बताउनुभयो ।
सरकार, व्यवसायी र मजदूरहरुबीचको सुमधुर सम्बन्धबाटै औद्योगिक उन्नयन हुने भएकाले समस्या भए समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको पनि प्रधान...
सरकारले लगानीको वातावरण तयार पार्न कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाइरहेका बेला सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । लगानी सम्मेलनको समापन समाहोरमा शनिबार नेकपा अध्यक्ष दाहालले नेपालमा लगानी गर्न कुनै समस्या नभएको उल्लेख गर्दै लगानीको वातावरण तयार पार्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए । ६ सयभन्दा बढी विदेशी लगानीकर्तालाई साक्षी राख्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भने, “नेपालमा लगानीको वातावरण बनेको छ, ढुक्क भएर लगानी गर्नुस् तपाइँहरूले खोजेको वातावरण तयार गर्न सरकारले कुनै कसुर बाँकी राख्ने छैन ।”