भारत तथा युरोपियन मुलुकमा कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट देखा परिरहेको छ । भारतमा ‘ओमिक्रोन एक्सई’ भेरिएन्ट एक जनामा पुष्टि भएको बताइएको छ । यस्तै, युरोपियन मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ फेला परेको छ ।यसरी विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट फेला परिरहेको अवस्थामा नेपालमा पनि यसबारे बहस हुन थालेको छ । भारतमा देखिएको ‘ओमिक्रोन एक्सई’ भेरिएन्ट ओमिक्रोन भेरियन्टभन्दा १० प्रतिशत बढी फैलन सक्ने भनिए पनि यसबारे अध्ययन भइरहेको बताइएको