भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. नविन दर्नाल

डा. दर्नाल जनरल हेल्थ सर्भिसेस (जहेस) समूह अन्तर्गतका विशेषज्ञ हुन्। उनी गत महिना मात्रै स्वास्थ्य सेवाको ११औं तह (प्रमुख मेडिकल सुपरिटेन्डेन्ट) मा बढुवा भएका थिए। पदोन्नति लगत्तै मन्त्रालयले उनलाई भेरी अस्पतालको प्रशासनिक र चिकित्सकीय नेतृत्वको जिम्मेवारी सुम्पेको छ।