दार्चुलामा गठबन्धनबाट मन्त्री बडू र एमालेका ठगुन्नाबीच रोचक प्रतिस्पर्धा

एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दार्चुला जिल्लामा जितका लागि सत्ता गठबन्धन र नेपाल कम्युनिस्ट पार्टी एमालेबीच नै कडा प्रतिस्पर्धा हुने भएको छ । यो प्रतिस्पर्धा निकै रोचक हुने पनि दाबी गरिएको छ ।