काठमाडौँ- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकलाई बुझाउनुपर्ने ब्याज दर बढाइएको छ । सार्वजनिक मौद्रिक नीतिले गरेको व्यवस्थाअनुसार राष्ट्र बैंकले ७ प्रतिशत रहेको ब्याज दरलाई बढाएर ८.५ प्रतिशत पुर्याएको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेडले पाँच वर्ष अवधिको दुई अर्ब ५० करोड रुपैयाँको ‘नेपाल बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । ब्याज दर वार्षिक १०.५० प्रतिशत रहने ऋणपत्र पाँच वर्षको अवधिको हुने बैंकले जनाएको छ । ऋणपत्र जारी गर्नका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यो ऋणपत्र अंकित मूल्य […]
The post नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने, वार्षिक ब्याज दर १०.५० प्रतिशत appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाण्डाै – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता डा. गुणाकार भट्टले राष्ट्र बैंकले बैंकहरूलाई ब्याज दर बढाउन कुनै निर्देशन नदिएको स्पष्ट पार्नुभएको छ ।
आज बिहीवारकाे कुराकानीमा प्रवक्ता भट्टले पछिल्लो समय कर्जा तथा निक्षेपको ब्याज दर बढाउनका लागि निर्देशन नदिएको बताउनुभएको हो । उहाँले तरलता व्यवस्थापन गर्नका लागि वित्तीय साधन व्यवस्थापन गर्न आफू अनकूल बैंकहरूले ब्याज दर निर्धारण गर्ने गरेको बताउनुभयो ।
राष्ट्र बैंकले बैंकहरूलाई ब्याज निर्धारण गर्नका लागि स्वतन्त्र छाडेको प्रवक्ता डा. भट्टक...
काठमाण्डाै – बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याज दर बढाउन थालेपछि यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । वाणिज्य बैंकहरूले निक्षेपमा अधिकतम ११ दशमलव ६७ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेसँगै राष्ट्र बैंकले ब्याज दर असाधारण रूपमा बढ्न नदिन निर्देशन जारी गरेको हो ।
केन्द्रीय बैंकले हिजाे मङ्गलवार जारी गरेको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले जुनसुकै निक्षेपमा प्रदान गर्ने ब्याज दर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याज दरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन्...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक १ गतेबाट लागू गरेको निक्षेपको ब्याज दर फिर्ता भएको छ। नेपाल राष्ट्र बैंकले मंगलवार राति ९ बजे तीन बुँदे निर्देशन जारी गर्दै बढेको निक्षेपको ब्याज दर फिर्ता गराएको हो।
आइतवार हिमालयन, एनआइसी एसिया र लक्ष्मी बैंकले ब्याज दर ११ प्रतिशतमाथि प्रकाशित गरेका थिए।…
एनएमबि बैंकले बैंकले सर्वसाधारण ग्राहकलाई ५.१ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । यस्तै मुद्दतीमा ८.१ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ । यो सञ्चालनमा रहेका २७ बाणिज्य बैंकमध्ये सर्वाधिक ब्याज दर हो । माघ १ गतेबाट लागू भएको नयाँ ब्याज दर अनुसार, बैंकले सर्वाधिक उच्च ब्याज दिने घोषणा गरेको छ । हाल बैंकहरुमा निक्षेप […]
काठमाण्डाै – बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याज दर ल्याएका छन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक सुरु भएसँगै विभिन्न वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुले नयाँ ब्याज दर तय गरेका हुन् । नयाँ ब्याज दर बुधबारदेखि नै लागू हुने राष्ट्र बैंकले जनाएको छ ।
गएको हप्ता राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले...