कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार डा.आचार्यलाई, अन्य सात पत्रकारलाई राष्ट्रिय पुरस्कार

नेपाल पत्रकार महासंघले वार्षिक रुपमा प्रदान गर्दै आएको पाँच वटा राष्ट्रिय पत्रकारिता पुरस्कार वुधबार एक भब्य समारोहबीच प्रदान गरेको छ । 'प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यवसायिक पत्रकार’ नारासहित नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन उद्घाटन समारोहका अवसरमा एक लाख रुपैंयाँ राशीको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष डाक्टर सुरेश आचार्यलाई प्रदान गरियो ।