आयोजक त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले लगातार तेस्रोपल्ट प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि जितेको छ । यसअघि तेस्रो र चौथो संस्करण जितेको एपीएफले बिहीबार सम्पन्न पाँचौ संस्करणको फाइनलमा आयोजकमाथि ३–२ को जित निकाल्यो ।