डा करण साहमाथि  झुटा मुद्दा लगाइएको भन्दै प्रतिष्ठानका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहमाथि  झुटा मुद्दा लगाइएको भन्दै कर्णाली प्रतिष्ठानका चिकित्सक आन्दोलित भएका छन्। उनीहरुले मंगलबारदेखि इमर्जेन्सी बाहेकका सेवा बन्द गर्ने घोषणा गरेका छन्।