मंगलबार सेयर बजार परिसूचक नेप्सेमा १५ अंकको वृद्धि भएपनि कारोबारमा भने संकुचन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५.९२ अंकले बढेर १८३१.०५ अंकमा उक्लिएको बजारमा जम्मा ६६ करोड ३० लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको हो । यस दिन कुल २१ लाख ७ हजार ७४२ कित्ता सेयर कारोबार भएको छ । होटल तथा पर्यटन र म्युचुअल फन्ड बाहेका ११ वटा उपसूचक धनात्मक भएका छन् । आज सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को सेयरधनीले ९.९७ प्रतिशतले कमाएका छन् भने गरिमा डिभेन्चरका लगानीकर्ताहरुले १० प्रतिशतले गुम