माओवादी नेता पराजुलीको विद्रोह : सिन्धुपाल्चोक क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा

चौतारा : माओवादी नेता ध्रुव पराजुलीले सिन्धुपाल्चोक क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। जनयुद्धकालमा अग्नि सापकोटाकै तहका नेता पराजुलीले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्दै जनतामा राजनीतिक बिसंगतीविरुद्धको भावना देखेकाले आफू मैदानमा उत्रेको बताएका छन्। बिहीवार सामाजिक सञ्जालमार्फत पराजुलीले परिणाम जे भए पनि आफू मैदान नछाड्ने संकल्प गरेका छन्।…