भूतपूर्व गोर्खाको समर्थन गर्दै लन्डनमा प्रदर्शन

भूतपूर्व गोर्खाहरू समान पेन्सनलगायत माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन बसेको आज दश दिन बितिसकेको छ । यत्तिका दिनसम्म पनि बेलायत सरकारले कुनै पहल नगरे पनि आमरण अनसनप्रति ब्रिटिस भेट्रान तथा आम नागरिक सबै एकजुट भएका छन् । ब्रिटिस अभिनेत्री तथा अभियानकर्ता जोआना लुम्लेले समेत भूपू गोर्खाको आमरण अनसनसम्बन्धी मुद्दाको बारेमा आवाज उठाएकी छन् । भोक हडतालमा बसेका अनसनकारीहरूलाई भेटेर उनीहरूको मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन्। यसै गरी भूतपूर्व गोर्खा एवम् सफल आरोही