न्युयोर्कको बफेलोमा बम चक्रवात भनेर चिनिने कडा शीतआँधीको परिणाम स्वरूप सात व्यक्तिको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् । एरी काउन्टीका कार्यकारी मार्क पोलोनकार्जले आइतबार ट्वीट गर्दै थप चार जनाको मृत्यु भएको पत्ता लगाएपछि मृत्यु हुनेको संख्या तीनबाट सातमा बढेको बताएका हुन् । तूफान जस्तै शक्तिशाली हावाहुरी र हिमपातको अवस्थाकाले जनजीवन प्रभावित भएको हो । […]