कोरोना बढेपछि पूर्वी नाका काँकडभिट्टामा हेल्थ डेक्स चलाइँदै

पूर्वी नाका काँकडभिट्टामा रहेको हेल्थ डेक्सलाई पुनः सञ्चालन गरिने जिल्ला कोडिभ व्यवस्थापन समितिको बैठकले मंगलबार निर्णय गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भरियन्ट छिमेकी देशमा फैलिरहेको हुँदा पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिका लागि हेल्प डेक्स सञ्चालनमा ल्याउने तयारी भएको हो ।