अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको नयाँ सम्झौताबारे चीनले भन्याे– ‘क्षेत्रीय शान्ति र स्थायित्व कमजोर पार्छ’

काठमाण्डाै – चीनले अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको नयाँ परमाणु सम्झौताबारे टिप्पणी गरेको छ । त्रिदेशीय सम्झौताले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने भन्दै चीनले नयाँ सम्झाैताकाे निन्दा गरेको बीबीसीले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले अस्ट्रेलियामा परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीसम्बन्धी प्रविधि निर्यात गर्ने अमेरिका र बेलायतको निर्णयलाई गैरजिम्मेवार काम भएको टिप्पणी गर्नुभएको छ । अमेरिका, बेलायत र अस्ट्रेलियाले गरेको परिष्कृत रक्षा प्रविधि आदानप्रदान गर्ने विशेष सुरक्षा सम्झौताले...