कृषि मन्त्रालय मन्त्रीको बिदाई र स्वागत गर्दैमा हैरान !

पछिल्लो समय सरकार परिवर्तन र मन्त्रिपरिषद् हेरफेरले कृषि तथा पशुपन्छी विकास मन्त्रालय हैरान भएको छ । कृषि मन्त्रालयका एक सहसचिवले मन्त्रीलाई स्वागत र विदाई गर्दैमा हैरान भएका बताउँदै मन्त्रालयले स्वागत र विदाई बाहेक अरु केही सोच्नै नसकेको बताए । उनले भने, ‘२०७४ फागुनमा चक्रपाणि खनाललाई स्वागत गरियो, दुई वर्ष नबित्दै उनलाई बिदाई गरेर २०७६ मंसिरमा घनश्याम भुसाललाई स्वागत गरियो, २०७७ पुसमा भुसाललाई विदाई गरेपछि पद्मा अर्याललाई स्वागत गरियो, छ महिना नबित्दै २०७८ जेठमा अर्याललाई विदाई गर्द