महिला साथीको नाममा फेसबुक खाता बनाएर ६० लाख रुपैयाँ ठग्ने एक जना पक्राउ

काठमाण्डाै – महिलाको नाममा फेसबुक खाता बनाई ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको मोदी गाउँपालिका २ का २६ वर्षका विश्व शर्मालाई प्रहरीको साइबर ब्युराेले पक्राउ गरेको हो । शर्माले आफ्नै महिला साथीको फोटो दुरुपयोग गरेर फेसबुकमा नक्कली खाता बनाएको र साथी बनाएर माया प्रेमको बहाना बनाई रकम ठगेको पाइएको साइबर ब्युराेका प्रहरी उपरीक्षक एवम् प्रवक्ता पशुपतिकुमार रायले जानकारी दिनुभयो । विभिन्न बहानामा पैसा मागेको र फरक–फरक बैंक खाता तथा डिजिटल वालेटहर...

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।