व्यावसायिक अण्डा उत्पादन

ताप्लेजुङमा व्यावसायिक रूपमा अण्डा उत्पादन सुरु गरिएको छ । सदरमुकाम फुङ्लिङका एक किसानले जिल्लामै पहिलोपटक व्यावसायिक रूपमा अण्डा उत्पादन गर्न थाल्नुभएको हो ।

सम्बन्धित सामग्री

अण्डा उत्पादक व्यवसायी पलायन हुने अवस्थामा

बजार अस्थिर भएपछि अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फार्मका सञ्चालकले बजार व्यवस्थित गर्न अग्रसरता देखाएका छन् ।

अण्डा उत्पादक व्यवसायी पलायन हुने अवस्थामा

चितवन । बजार अस्थिर भएपछि अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फार्मका सञ्चालकले बजार व्यवस्थित गर्न अग्रसरता देखाएका छन् । अण्डाको उपभोग बढाउँदै व्यवसायी र उपभोक्ताको हितमा काम गर्ने गरी उनीहरूले अग्रसरता देखाएका हुन् । आत्मनिर्भर रहेको अण्डा बजारमा उतारचढाव आउँदा एकातिर किसान मारमा परेका छन् भने अर्कोतर्फ उपभोक्ताले सुलभ मूल्यमा अण्डा उपभोग गर्न पाएका छैनन् […]

अण्डा उत्पादक व्यवसायी पलायन हुने अवस्थामा !

चितवन । बजार अस्थिर भएपछि अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फार्मका सञ्चालकले बजार व्यवस्थित गर्न अग्रसरता देखाएका छन् । अण्डाको उपभोग बढाउँदै व्यवसायी र उपभोक्ताको हितमा काम गर्ने गरी उनीहरूले अग्रसरता देखाएका हुन् । आत्मनिर्भर रहेको अण्डा बजारमा उतारचढाव आउँदा एकातिर किसान मारमा परेका छन् भने अर्कोतर्फ उपभोक्ताले सुलभ मूल्यमा अण्डा...

पलायन हुँदै अण्डा उत्पादक व्यवसायी

बजार अस्थिर भएपछि अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फार्मका सञ्चालकले बजार व्यवस्थित गर्न अग्रसरता देखाएका छन् । अण्डाको उपभोग बढाउँदै व्यवसायी र उपभोक्ताको हितमा काम गर्ने गरी उनीहरूले अग्रसरता देखाएका हुन् ।

अण्डा उत्पादक बजार व्यवस्थित गर्न अग्रसर

बजार अस्थिर भएपछि चितवनका अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फार्मका सञ्चालकले बजार व्यवस्थित गर्न अग्रसरता देखाएका छन् । अण्डाको उपभोग बढाउँदै व्यवसायी र उपभोक्ताको हितमा काम गर्ने गरी उनीहरूले अग्रसरता देखाएका हुन् । आत्मनिर्भर रहेको अण्डा बजारमा उतारचढाव आउँदा एकातिर किसान मारमा परेका छन् भने अर्काेतर्फ उपभोक्ताले सुलभ मूल्यमा अण्डा उपभोग गर्न पाएका छैनन् । …

उपभोग बढेपछि मागअनुसार बजारमा अण्डा पुर्‍याउन मुस्किल

जेठ १७, चितवन । कोरोना संक्रमणका कारण देशभर निषेधाज्ञा भइरहँदा अण्डाको माग धान्न मुस्किल पर्न थालेको छ । निषेधाज्ञामा घरमा बसेकाले उपयोग बढाएपछि उत्पादनले धान्न कठिन हुँदै गएको अनुमान गरिएको छ । आफ्नै उत्पादन र सङ्कलन गरेर देशैभर अण्डा विक्री गर्दै आएको दाउन्ने ग्रुप अफ पोल्ट्रीका कार्यकारी निर्देशक विनोद पोख्रेल मागअनुसार अण्डा पुर्‍याउन कठिन भएको बताउँछन् । उक्त कम्पनीले दैनिक १ लाख ३८ हजार गोटा आफ्नै उत्पादन र त्यति नै संख्यामा कृषकको अण्डा संकलन गरेर दाउन्नेले देशभर विक्री गर्दै आएको छ । देशकै सबैभन्दा ठूलो सञ्जालसहितको सप्लायर्स दाउन्ने भएको जानकारी दिंदै उनले आफूले पालो मिलाएर मात्र अण्डा दिन सकेको बताए ।      माग बढेकै कारण उत्पादनले पुर्‍याउन कठिन भएको व्यवसायी बताउँछन् । निषेधाज्ञामा घरमा रहेकाहरुले अण्डाको उपयोग बढाएको पाइएको छ । पहिलेको तुलनामा उत्पादन घटेको र माग बढेको छ । बीचका केही महीना उत्पादन निकै घटेको भए पनि अहिले बढ्दो क्रममा रहेको छ । यद्यपि पहिलेको तुलनामा पुग्न सकेको छैन ।             अण्डा उत्पादक कृषक मदन पोख्रेल कोरोनाको संक्रमणका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागिसमेत सहयोगी हुने भएकाले उपभोग बढेको बताउँछन् । अण्डाको मूल्य पहिलेको तुलनामा बढेको भए पनि दानाको कच्चापदार्थमा भारी वृद्धिका कारण कृषक लाभान्वित हुन नसकेको उनले जानकारी दिए ।             वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी कोरोना संक्रमणको समयमा शरीरमा चाहिने पोषणको पूर्ण मात्रा (कम्प्लिट प्याकेज) अण्डामा पाइने बताउँछन्। एशियाका देशमा खाने खानामा कार्बोहाइडे«ट बढी हुने भन्दै उनले अण्डामा कम हुने र प्रोटिनको राम्रो स्रोत भएकाले यसको खपत बढेको हुन सक्ने बताए ।         कृषकको भनाइमा हाल दैनिक २८ लाख हाराहारी अण्डा उत्पादन हुन्छ । यो संख् घटेरया २४ लाखमा झरेको थियो । पहिले बढेको समयमा ३५ लाख पुगेको नेपाल अण्डा उत्पादक संघले बताएको छ ।             संघका अध्यक्ष शिवराम केसीले पानी परेर गर्मी घटेपछि अण्डा बढेको जानकारी दिए। घरमा बसेकाहरुले सुरक्षित पौष्टिक आहारका रुपमा अण्डालाई लिएको उनको भनाइ छ । निषेधाज्ञामा देशभर अण्डा रोकटोक नभएकाले सबैले अण्डा पाउन सकेका छन् ।         माग बढेसँगै मूल्यमा पनि वृद्धि भएको छ । हाल फार्ममा प्रतिक्रेट (३० ओटा) ठूलो अण्डाको मूल्य ३७०  रुपैयाँ पर्दछ । मध्यमको मूल्य ३५५ रुपैयाँ रहेको छ । देशभरमा लेयर्स कुखुरा पाल्ने कृषकको संंख्या २ हजार ८०० हाराहारीमा छन् । उनीहरुबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ७५ हजार हाराहारीले रोजगारी पाएको केसी बताउँछन्। नेपालमा पोल्ट्री क्षेत्रमा १ खर्ब ५० अर्ब रुपैयाँ हाराहारी लगानी भएको भन्दै उनले त्यसको २५ प्रतिशत लेयर्स फार्मिङमा भएको जानकारी दिए।             नेपाल कुखुराजन्य पदार्थमा आत्मनिभर रहेको छ । साना किसानदेखि एउटै व्यावसायिक समूहले २ लाखसम्म कुखुरा पालेको केसीले बताए ।  रासस