काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वबारे छलफल गर्न स्थायी समिति बैठक बसिरहेको छ। महाधिवेशनस्थल प्रज्ञा भवन कमलादीमा बैठक जारी छ। सहमतिमै पदाधिकारी र केन्द्रीय सदस्य हलबाटै घोषणा गर्ने तयारी गरिरहेका छन्। नयाँ विधान अनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ। केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ। यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पु