झापामा ट्रयाक्टर दुर्घटना, एक मजदुरको मृत्यु

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ पारिजात टोलमा शनिबार दिउँसो भएको ट्रयाक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।मे १ त ७००५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सोही ट्रयाक्टरमा मजदुरको रुपमा काम गर्ने बिर्तामोड ३ बस्ने बर्ष २० को बाबू भनिने सन्दिप अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।दुर्घटनामा सख्त घाइते भएका अधिकारीको उपचारको क्रममा २ बजेर ५५ मिनेटमा बिएण्डसी हस्पिटलमा मृत्यु भएको ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक याम खड्काले बताए ।बालुवा ढुवानी गर