काठमाडौं : सोमबारदेखि रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकाले सूचना प्रविधिको प्रयोग र पहुँचलाई ध्यान दिँदै आफ्नो छुट्टै मोबाइल एप सञ्चालनमा ल्यायो। साथै गाउँपालिकाले अडियो सूचना सेवालाई समेत विस्तार गरेको गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले जानकारी दिए।
‘सम्पूर्ण सेवाग्रहीमा सूचनाको हक सूनिश्चित गर्नु हामी सबैको दायित्व हो। यसलाई मध्यनजर गर्दै बढ्दो प्रविधिको