नेपालगञ्ज – १२ घण्टादेखिको अविरल वर्षाका कारण नेपालगञ्जका विभिन्न ठाउँ जलमग्न भएका छन् । न्यूरोड, बेलासपुर, बसपार्क रोडलगायतका ठाउँ पानीले डुबेका छन् ।
सडक जलमग्न भएका कारण मानिसहरुलाई हिँडेडुल गर्न कठिनाई भएको छ । एडीबीकोे सहयोगमा निर्माणाधीन सडक तथा ढल निर्माण कार्य भैरहेको हुँदा सडक झनै जलमग्न भएको ...