ई–टीडीएसमा परिवर्तन

आन्तरिक राजस्व विभागले आम व्यवसायी करदातालाई राहत मिल्ने गरी ई–टीडीएससम्बन्धी हालको प्रणालीमा परिवर्तन गरेको छ । कर कार्यालय धाएर ई–टीडीएस गर्नुपर्ने झन्झट हटाएर आफैले ई–टीडीएस गर्न सक्ने गरी विभागले नयाँ प्रणाली लागू गरेको हो ।विभागका अनुसार अब विथहोल्डिङ एजेन्ट (टीडीएस काट्ने कम्पनी) ले विथहोल्डी (टीडीएस काटिने) को प्यान नम्बर पेश गर्न सक्नेछ । यसअघि ई–टीडीएस गर्न कर कार्यालयमा विथहोल्डिङ एजेन्टले निवेदन दिनुपर्थ्यो ।ई–टीडीएस समयमा नहुँदा विथहोल्डीहरूलाई समयमा कर