खोटाङ - खोटाङको रावाबेसी गाउँपालिकामा कोभिड अस्पतालले निरन्तरता पाउँदा स्थानीय लाभान्वित भएका छन् ।
कोभिड–१९ को महामारीका बेला स्थापना गरिएको अस्थायी कोभिड अस्पताललाई पाँच शय्याको अस्पतालका रुपमा निरन्तरता दिइएपछि नागरिक लाभान्वित भएका हुन् । कुभिन्डेको हरमटारमा एक जना एमबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवाले निरन्तरता पाएपछि पालिकावासी सामान्य तथा जटिल किसिमका स्वास्थ्य समस्या भएको बेला जिल्ला अस्पताल दिक्तेल पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।
अस्पतालबाट चौबिस घण्टा इमरजेन्सी, ओपीडी, प्रसूति, भिडियो ए...