मंकीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । मंकीपक्स प्रकोपलाई लिएर संगठनको आपत्कालीन समितिको दोस्रो बैठकको अन्तमा यो निर्णय लिइएको हो । डब्ल्यूएचओ महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस्ले ७५ देशमा १६,००० भन्दा बढी केसहरू पहिचान भइसकेको र यसबाट हालसम्म पाँच जनाको मृत्यु भएको जानकारी दिएका छन् ।उता छिमेकी राष्ट्र भारतको नयाँ दिल्लीमा मंकीपक्सका नयाँ सङ्क्रमित पुष्टि भएको छ । त्यहाँका ३१ वर्षीय पुरुषमा आइतबार मंकीपक्स सङ्क्रमण देखिएको हो । उनमा विद