कास्की – नेपालमा पहिलो पटक पम्प स्टोरेज जलविद्युत् आयोजना पोखरामा निर्माण हुने प्रक्रिया अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा महानगरपालिमा ३१ मा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्न सरोकारवालासँग छलफल गरेको छ ।
पोखराको बेगनास तालबाट पम्प स्टोरेज आयोजनामा प्रयोग भएको पानी रुपा तालमा जाने र पुनः बिजुलीकै सहयताले बेगनास तालमा नै जाने छ । पोखराकाे लेखनाथको सुन्दरडाँडामा रहेकाे बेगनासको पानी रुपा तालमा खसालेर झन्डै १५० मेगावाट बिजुली उत्पादन गर्न ...