सशस्त्र समूह हुँदै भूमिगत भएकाहरू पश्चातापमा

बैसाखी टेकेर छिमेकी गाउँ जानै लाग्दा आँगनमै भेटिए– गढीमाई–३, गम्हरियाका ५३ वर्षीय शेख कुरान (शेर सिंह) । उनी कुनै समय आफूसँगै मधेश मुक्तिका लागि सशस्त्र समूहमा लागेका पुराना साथी भेट्न जान लागेका रहेछन् । २०६५ सालमा भूमिगत सशस्त्र समूह जनतान्त्रिक ज्वाला समूहको जिल्ला इन्चार्ज भएपछि उनले नयाँ नाम पाएका थिए, शेर सिंह । यी शेर हिजोआज भने घरमै भेटिन्छन् । बिरामी भएकाले धेरै टाढा जान पनि सक्दैनन् । कोही भेट्न पनि विरलै आइपुग्छन् ।