कंग्रेस नेता गिरिको अवस्था अत्यन्त नाजुक

काठमाडौँ – कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्यमा थप गिरावट आउँदा उनको अवस्था अत्यन्त नाजुक बनेको छ। उनी उपचारार्थ भर्ना गरिएको मेडिसिटी स्रोतका अनुसार रक्तचाप र अक्सिजनको स्तर कायम राख्न प्रयोग भइरहेका उपायको प्रभाव घट्दो छ। त्यसको प्रत्यक्ष असर उनको स्वास्थ्यस्थितिमा देखिएको छ । ‘उहाँको स्वास्थ्य स्थिति अत्यन्त चिन्ताजनक छ,’ अस्पताल स्रोतले भन्यो।