गलेश्वर (म्याग्दी), २४ भदौ । गत साउन २८ गते आएको बाढीले बगाएको मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागखोलाको पुल मुस्ताङीले श्रमदान गरेर निर्माण गरेका छन् । पुल निर्माण भएपछि तिरी गाउँ पुग्न घुमाउरो बाटो प्रयोग गरेर चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता अन्त्य भएको छ । तिरी गाउँ कागबेनीबाट पारीपट्टी रहेको तर सवारीसाधनको पहुँच विस्तार नभएको […]