पोखराका पूर्वमेयरले गैरकानुनी रुपमा जग्गा भाडामा दिएको निष्कर्ष

पोखरा- पोखराको ३ स्थानको सार्वजनिक जग्गा ठेक्का सम्झौता गैरकानुनी भएको निष्कर्ष आएको छ । पोखरा महानगरका पूर्व मेयर मानबहादुर जिसीले दिएको विभिन्न ३ स्थानका जग्गाका बारेमा छानविन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै सम्झौता गैरकानुनी भएको निष्कर्ष निकालेको हो । छानविन समितिले प्रतिवेदन बुझाउँदै त्यो समयमा ...

सम्बन्धित सामग्री

पोखराका सहकारी पीडितले दिए लामिछाने र पुनविरुद्ध जाहेरी

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी रूपमा ऋण लिई अपचलन गरेको आरोपमा पीडितहरूले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित १८ जनाविरुद्ध जाहेरी दिएका छन् । महानगरपालिकाको जाहेरीका आधारमा यसअघि मुद्दा दर्ता भइसकेकाले यही विषयमा पूरक जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।

तत्कालीन सहन्यायाधिवक्ताविरुद्ध भ्रष्टाचार मुद्दा

उच्च सरकारी वकिल कार्यालय पोखराका तत्कालीन सहन्यायाधिवक्ता (सहसचिव सरह) सुरेन्द्रबहादुर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको कसुरमा मुद्दा दायर गरेको छ । २०४५ असार ५ मा सरकारी सेवा प्रवेश गरेका थापाविरुद्ध अख्तियारले बुधबार ६१ लाख २ हजार ७६ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मोटोपन घटाउने नाममा ९६० को ग्रिनकफी ४० हजारमा बिक्री

काठमाडौं । एक नेपालीले रसियन नागरिकसँग मिलेर ग्रिनकफीले मोटोपन घटाउँछ भन्दै ठगी गरेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठगीमा संलग्न नेपाली र विदेशी दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखराका ४२ वर्षीय आशिष आचार्य र रसियन नागरिक ३० वर्षीय इगर कुट्स रहेका छन् । उनीहरुले ग्रिन कफीले मोटोपन घटाउँछ भन्दै विज्ञापन गरेर ९६० रुपैयाँमा किनेको कफी २० देखि ४० हजार रुपैयाँसम्ममा बिक्री गरेको सीआईबीले जनाएको छ । उक्त कफी नियमित खाए एक हप्तामै १३ किलोसम्म तौल घट्ने भन्दै उनीहरुले ठगी गरिरहेको प्रहरीले बताएको छ । पक्राउ परेका व्यक्तिले बेच्न तयार गरेका सामान प्रहरीले बरामद गरेको छ । ग्रिन कफी ६ सय ४४ किलो, बेच्न तयारी अवस्थामा राखेको २ हजार ८ सय २२ प्याकेट, २५ थान ल्यापटप, सीपीयू २ थान र ३ लाख ९७ हजार रुपैयाँ बरामद भएको छ । उनीहरुले प्रतिकिलो ९६० रुपैयाँ नेपालकै विभिन्न भागबाट खरिद गरेर २० हजार देखि ४० हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइएको छ । टिम वान सप्लायर्स प्रालिको कार्यालय तथा गोदामबाट अन्यत्र गैरकानुनी रुपमा बेच्ने गरेको पाइएको सीआईबीले जनाएको छ । उनीहरुको भारत र रसियामा समेत कनेक्सन रहेको प्रहरीको अनुमान छ । कम्पनी आशिषको नाममा रहेको र ठगीमा रसियन इगरको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ ।