नेपालको राजधानी काठमाडौं उपत्यका विश्व अति वायु प्रदूषित शहर सूचीको चौथो स्थानमा उक्लिएको छ । विश्वभरको वायु प्रदूषण स्थितिबारे अद्यावधिक जानकारी दिइरहेको आइक्यूएअरडटकमका अनुसार यतिखेर काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचक १६९ आइक्यू छ । शून्यदेखि ५० सम्म एक्यूआई हुँदा मात्रै सो स्थान स्वस्थ मान्न सकिन्छ । भारतको राजधानी दिल्ली यतिखेर विश्वकै अति प्रदूषित शहर भएको छ । त्यहाँको युएस एक्यूआई २१० पुगेको छ । दोस्रो स्थानमा रहेको पाकिस्तानको लाहोर शहरको एक्यूआई १८६ र तेस्रो स्थानमा रहेको भारतकै क