१९औँ एसियाली खेलकुदः नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।

सम्बन्धित सामग्री

१९ औँ एसियाली खेलकुदः टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित - NepaliPatra

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिसतर्फ बिहीबार भएको खेलमा नेपालका सिक्का सुवाल श्रेष्ठ र नविता श्रेष्ठ पराजित भएका छन् । गोन्सु क्यानल स्पोर्टस् सेन्टरमा महिला एकलतर्फ नेपालकी सिक्का जापानी खेलाडी मियु हिरानोसँग ४–० को सोझो सेटमा पराजित भइन् । उक्त खेल जापानी खेलाडी हिरोनोले ११–७, ११–१, ११–४ र ११–५ अंकले जितिन् । […]