चुनावको मुखैमा स्रोत सुनिश्चित नभई उदयपुरका ३ सडक कालोपत्रे ठेक्का, बजेट नहुँदा काम अलपत्र

तत्कालीन भौतिक पूर्वाधारमन्त्री हिमाल कार्कीको मन्त्रीस्तरीय निर्णयबाट आफ्नो निर्वाचन क्षेत्रमा स्रोत सुनिश्चित नभई पूर्वाधार विकास कार्यालय उदयपुरमार्फत ती सडकको ठेक्का लगाइएको थियो ।