विद्युतीय गाडीको कारखाना खोल्न उद्योगीलाई आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ–नयाँ तरिकाले उद्योग खोल्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघको ५३ औं साधारणसभालाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण निमार्ण भइसकेको भन्दै नयाँ ढंगले उद्योग खोल्न आग्रह गरेका हुन् । उनले कृषि, उपभोग्य वस्तु, खानी उत्खननलगायतका उद्योगमा लगानी गर्न आवश्यक रहेको बताएका छन् । आवश्यक परेमा पेट्रोलियम पदार्थको उत्खननसमेत गरिने भन्दै विद्युतीय गाडीको कारखानामा लगानी गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् । विद्युतीय गाडीको कारखानामा खोल्न सरकारले सहयोग गर्ने पनि बताएका छन् ।