बुढीगण्डकी आयोजनाका लागि धादिङतर्फ अधिग्रहण गरिएका जग्गामा संरचनाको मुआब्जा लिन निवेदन माग

चैत २२, काठमाडौं। बुढीगण्डकी जलविद्युत आयोजनाका लागि धादिङ जिल्लातर्फ अधिग्रहण गरिएका जग्गामा रहेका घर गोठ लगायतका भौतिक संरचनाहरू, फलफूल र बोटबिरुवाहरूको मुआब्जा (क्षतिपूर्ति) का लागि निवेदन निवेदन माग भएको छ । सरकारले निर्माण गर्न लागेको जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजनाको साबिक गा.वि.स. हरूको (सलाङ, खरी, मैदि, चैनपुर, ज्यामुङ, सल्यानटार, सल्यानकोट, आगिन्चोक, मुलपानी, वुढाथुम, बसेरी, मार्पाक र त्रिपुरेश्वर) जग्गामा रहेका घर गोठ लगायतका भौतिक संरचनाहरू, फलफूल र बोटबिरुवाहरूको मुआब्जा (क्षतिपूर्ति भुक्तानी  लिन सूचना प्रकाशित भएको हो । मुआब्जा निर्धारण समितिको बैठकबाट बिभिन्न प्रकार अनुसार घर, गोठ लगायत भौतिक संरचनाहरू, फलफूल र बोटविरुवाहरूको दररेट निर्धारण गरिएको छ । जग्गा धनीहरूले मुआब्जा (क्षतिपूर्ति) रकम दाबी गर्न नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपूर्जा लगायतका आफूसँग भएको प्रमाण सहित आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना एकाइको कार्यालयमा सम्पर्क गर्नुपर्ने छ। बुढीगण्डकी आयोजनाका लागि धादिङतर्फ अधिग्रहण गरिएका जग्गामा संरचनाको मुआब्जा लिन निवेदन माग   चैत २२, काठमाडौं। बुढीगण्डकी जलविद्युत आयोजनाका लागि धादिङ जिल्लातर्फ अधिग्रहण गरिएका जग्गामा रहेका घर गोठ लगायतका भौतिक संरचनाहरू, फलफूल र बोटबिरुवाहरूको मुआब्जा (क्षतिपूर्ति) का लागि निवेदन निवेदन माग भएको छ । सरकारले निर्माण गर्न लागेको जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजनाको साबिक गा.वि.स. हरूको (सलाङ, खरी, मैदि, चैनपुर, ज्यामुङ, सल्यानटार, सल्यानकोट, आगिन्चोक, मुलपानी, वुढाथुम, बसेरी, मार्पाक र त्रिपुरेश्वर) जग्गामा रहेका घर गोठ लगायतका भौतिक संरचनाहरू, फलफूल र बोटबिरुवाहरूको मुआब्जा (क्षतिपूर्ति भुक्तानी  लिन सूचना प्रकाशित भएको हो । मुआब्जा निर्धारण समितिको बैठकबाट बिभिन्न प्रकार अनुसार घर, गोठ लगायत भौतिक संरचनाहरू, फलफूल र बोटविरुवाहरूको दररेट निर्धारण गरिएको छ । जग्गा धनीहरूले मुआब्जा (क्षतिपूर्ति) रकम दाबी गर्न नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपूर्जा लगायतका आफूसँग भएको प्रमाण सहित आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना एकाइको कार्यालयमा सम्पर्क गर्नुपर्ने छ।