तौल घटाउनका लागि मानिसहरू कडा व्यायाम र डाइटिङ गरिरहेका हुन्छन् । तर कतिपयलाई भोक सहन गाह्रो पर्छ अनि उनीहरू जंक फूड खान्छन् ।
यहाँ हामी केही त्यस्ता खानेकुराको चर्चा गर्दैछौं जसले भोक पनि शान्त पार्छन् अनि तौल बढ्न पनि दिँदैनन् ।
मखना
तपाईं डाइटिङ गरिरहनुभएको छ भने भुटेको मखना खान सक्नुहुन्छ । यसमा क्यालोरी कम र सोडियम धेरै हुन्छ । अनि यसमा ग्लाइसेमिकको मात्रा कम र कार्बोहाइड्रेट बढी हुन्छ । साँझपख भुटेको मखना खाएर अरू केही नखाँदा तौल नियन्त्रणमा रहन्छ ।
चना
साँझ भोक लाग्यो भने भुटेको चन...