नेपाल पत्रकार महासंघले आफ्नो धर्ना कार्यक्रमलाई जारी राखेको छ । पारिश्रमिक साथै कान्तिपुर टेलिभिजनले पत्रकार दिपा दाहाललाई निष्काशन गरेकोलगायतका विषयमा महासंघ हिजोदेखि चरणवद्ध संघर्षको कार्यक्रममा उत्रिएको हो ।आन्दोलनको पहिलो दिन महासंघको नेतृत्वमा तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयको गेटमा मध्यान्ह १२ बजेदेखि दिउँसो साढे १ बजेसम्म धर्ना कार्यक्रम आयोजना गरिएको थियो । धर्ना कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोखरेल, सल्लाहकार निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी