इलेक्ट्रिक सवारी एप ‘ई–ड्राइभ नेपाल’ सञ्चालनमा

नेपालमा पहिलो पटक इलेक्ट्रिक सवारी साधनलाई समेटेको राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल’ सञ्चालनमा आएको छ ।

सम्बन्धित सामग्री

इलेक्ट्रिक सवारी एप ‘इड्राइभ नेपाल’ सञ्चालनमा

काठमाडौं। राइड शेयरिङ एप ‘इड्राइभ नेपाल’ सञ्चालनमा आएको छ । इड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैयाँको लगानीमा विद्युतीय ट्याक्सी र स्कुटरबाट सेवा शुरू गरेको हो । अन्य सेवाभन्दा सस्तो, नयाँ गाडी, दुर्घटना बीमा, ओपीटी प्रणाली र जीपीएस प्रणाली जडान गरी निकै सुरक्षित प्रविधिका साथ सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ ।  बिहीवार संघीय सांसद महेश बर्तौला, बागमती प्रदेश सांसद अप्सरा चापागाईं र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरियो झण्डा फहराएर ‘इड्राइभ एप’ र ट्याक्सी सेवाको उद्घाटन गरेका थिए । उक्त अवसरमा सांसद बर्तौलाले विद्युतीय गाडीको प्रयोगले विद्युत्को खपत बढ्ने, वातावरण संरक्षण हुने र पेट्रोलको खरीदमा बाहिरिने अर्बौं रुपैयाँ विदेशिनबाट जोगिने बताए । हाल कम्पनी आफैले २० ओटा ट्याक्सी सञ्चालनमा ल्याएको छ भने थप एक सय ओटा ट्याक्सी सञ्चालन गर्ने तयारी रहेको बताइएको छ ।