काठमाडौँ। ललितपुरको बालकुमारी खरीबोटमा आज बिहान जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ। दुर्घटनामा स्कुटर चालक चितवन घर भई ललितपुरको झम्सिखेल बस्ने २३ वर्षीया रेखा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बी एण्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो।