काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमको बुधबारबाट पोखरामा बन्द प्रशिक्षण गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले दश दिनको विश्रामपछि टिमले बुधबारबाट पोखरामा प्रशिक्षण गर्ने जनाएको छ। त्यसका लागि मंगलबार अफियसल र टिम सदस्य पोखरा पुग्नेछन्। साफ च्याम्पियनसिप र एसियन कप छनोट प्रतियोगिताका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३६ खेलाडी बन्द प्रशिक्षणमा छन्। साफअघि नेपालले भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ।