हैरान छन् सचिवहरू !

प्रधानमन्त्री शेरबहादुर देउवाले साढे दुई महिनादेखि नै १७ वटा मन्त्रालयको जिम्मेवारी आफैंले लिँदै आएकाले ती मन्त्रालयका सचिवहरू फाइल लिएर प्रधानमन्त्रीकहाँ धाउन विवश छन् । मन्त्रालयले गर्ने कतिपय महत्वपूर्ण नीतिगत निर्णयको बारेमा निर्णय गराउन सचिवहरू प्रधानमन्त्रीकहाँ जानुपर्ने तर प्रधानमन्त्रीलाई भेट्न घण्टौँ कुर्नुपर्ने अवस्था आउँदा सचिवहरू हैरान हुने गरेका छन् । ‘कहिलेकाहीँ त पालो नपाएर त्यसै फर्कनुपर्ने अवस्था पनि छ, जसका कारण मन्त्रालयको काम पनि प्रभावित हुने गरेको छ,’ एक सचिवले भने । उनका अनुसार प्रधानमन्...