खानेपानी समस्या रहेको तनहुँको देवघाट गाउँपालिका–२ ब्यागनमा एक घर एक धारा अभियानले स्थानीयको जीवनयापन सहज बनाएको छ । जिल्लाको दुर्गम भनेर चिनिने देवघाट गाउँपालिकाको ब्यागनमा एक घर एक धारा अभियान सम्पन्न भएपछि यहाँबाट विस्थापित भएका झण्डै एक दर्जन मानिस गाउँ फर्किएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विकासले मानिसलाई यति धेरै प्रभावित बनाउँदो …