७ असार, काठमाडौं । नागरिक लगानी कोषको चुक्ता पूँजी बढाउन सरकारले अनुमति दिएको छ । ५ असारमा बसेको मन्त्रिपरिषद् बैठकले कोषको चुक्ता पूँजी बढाएर ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार कायम गर्न स्वीकृति दिएको हो । २ करोडबाट सुरु भएको कोषको चुक्ता पूँजी अहिले भने ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ । […]