‘भगवान चोर’ को बिगबिगी, सुरक्षा घेराबाटै हराउन थाले मूर्ति

काठमाडौं : गत आइतबार बिहान ललितपुर महानगरपालिका-२७ स्थित मन्दिरबाट बालकुमारीको मूर्ति हरायो। स्थानीयले शनिबार बेलुका आरती गरेर ढोका लगाएर गएको मन्दिरमा बिहान नित्य पूजाका लागि जाँदा ढोकाको ताल्चा फुटाएको देखे।३ सय वर्ष  पुरानो सो मूर्ति चोरी भएको भन्दै स्थानीयले प्रहरीलाई जानकारी दिए। चोरले ४/४ वटा ताल्चा काटेर मन्दिरभित्र प्रवेश गरी मूर्ति चोरेको प्रहरीले बताएको छ।शनिबार राति १२ बजेदेखि ४ बजेभित्र मूर्ति चोरी भएको हुनसक्ने देखिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले ब