सर्लाहीमा ठूलो परिमाणमा लागुऔषध बरामद

सशस्त्र प्रहरी बल सर्लाहीले ठूलो परिमाणमा अवैध लागुऔषध नाइट्राभेट बरामद गरेको छ ।  शुक्रबार दिउँसो सर्लाहीको बरहथवा नगरपालिका–१७, श्रीपुर कटानीबाट ४० प्याकेट १२ सय पिस नाइट्राभेट ट्याब्लेट बरामद भएको सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गण कविलासीले जनाएको हो ।लागुऔषध ओसारपसारमा संलग्न तस्करले ना ५५ प ९२८ नम्बरको मोटरसाइकलमा राखेर तस्करी गर्दैगर्दा उक्त लागुऔषध बरामद भएको सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका एसपी भरत खनियाँले जनकारी दिए । सशस्त्र प्रहरी सुरक्षा बेस सुन्दरपुर चोहर्वाको गस्