पाल्पा : जिल्लाको सदरमुकाम तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा स्वास्थ्य बिमाबाट बिरामीको उपचार नहुने भएको छ। कलेजका प्राचार्य डाक्टर राजु शाक्यले गत मंगलबार राति १२ बजेदेखि यो सेवा बन्द गरेको बताए।नेपाल सरकार स्वास्थ्य बिमा बोर्डबाट सञ्चालित कार्यक्रम अन्तर्गत बिमा गरेका बिरामीलाई कलेजले २०७३ साल भदौ १ देखि सेवा दिँदै आएको थियो। कलेजले प्रथमविन्दु र रेफरल सेन्टरको रूपमा उपचार सेवा प्रदान गरेको थियो। नेपाल सरकारको २०७९\०८० को बजेट वक्तव्यमार्फत यही साउन १ गते देखि सरकारी तथा स