बुद्ध एयरले बुधवार काठमाडौंबाट नेपालगञ्ज उडान गरेको जहाज अवतरणका क्रममा स्यालसँग ठोक्किँदा जहाजमा सामान्य क्षति पुगेको जनाएको छ ।
बिहीवार एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले घटनामा जहाजमा सामान्य क्षति पुगेको र चालक दलसहित सबै यात्रुहरू सुरक्षित रहेको जनाएको छ ।
बुद्ध एयरले भनेको छ, 'नेपालगञ्जमा रहेका यात्रुहरुलाई लिनका लागि काठमाडौंबाट छुट्टै खाली जहाज पठाएका थियौं ।
नेपालगञ्ज विमानस्थलमा यस किसिमको दुर्घटना पहिला पनि भएको र हाल बारम्बार देखिएको हुँदा सम्बन्धित सबै निकायहरुको गम्भिर ध्यानाकर्षण गराउन...