काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकजस्तो संवेदनशील विषयमा जनमत विभाजित गर्ने काम नगर्न सत्तापक्षलाई चेतावनी दिनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद ज्ञवालीले राष्ट्रपतिबाट फिर्ता भएर आएको विधेयकलाई सर्वस्वीकार्य बनाउने अवसरको रूपमा लिन पनि सत्तापक्षलाई आग्रह गर्नुभयो । नागरिकताजस्तो संवेदनशील विषयलाई 'हेड काउन्ट' को रूपमा नलिइ यसमा विवेक पुर्याएर आवश्यक निर्णय लिनुपर्ने उह...