रञ्जना लिपि युनिकोड फन्ट र एपमा उपलब्ध

नेपालको मौलिक लिपि मानिने रञ्जना लिपि युनिकोड फन्टका रूपमा उपलब्ध भएको छ । शनिबार नेपाल कला परिषद्‌मा आयोजित कार्यक्रममा ‘नित्या रञ्जना’ अर्थात् रञ्जना युनिकोड फन्ट विमोचन गरिएको थियो । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले कम्प्युटरमा ‘श्री गणेशाय नम:’ लेखेर फन्ट विमोचन गरिन् ।