सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सबैजसो विद्यालयमा शिक्षक अभाव हुँदा धेरै कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने समस्या छ । ती विद्यालयमा दरबन्दीअनुसार शिक्षक नियुक्त हुन नसकेका हुन् । शिक्षकको पदपूर्ति गर्न पालिकाले पनि ध्यान दिएको छैन ।