अफताब आलमविरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं, २८ माघ । रौतहट जिल्ला अदालतले मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश गरेको छ । विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा आज पेशी चढेको उक्त मुद्दामा साक्षी बुझ्ने आदेश भएको हो । जिल्ला अदालतका न्यायधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले गैरीशंकर रामको स्वास्थ्य परीक्षणबारे फरेन्सिक विभागसँग बुझ्ने […]

सम्बन्धित सामग्री

पूर्वमन्त्री आलमको मुद्दा न्यायाधीश कार्की र फुयाँलको बेन्चमा

पूर्वमन्त्री मोहम्मद अफताब आलम विरुद्धको मुद्दामा शुक्रवार सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की र हरि प्रसाद फुयाँलको बेन्चमा सुनुवाइ हुनेगरी पेशी तोकिएको छ ।नख्खु कारागारमा थुनामा रहेका आलमले जिल्ला र उच्च अदालतको आदेश बिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । नेपाली कांग्रेसका नेता आलमलाई चुनावमा विष्फोटक पदार्थ र बमको प्रयोग गरेर ज्यान लिएको र ज्यान मार्ने उद्योग गरेको कसुरमा जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । सो आदेशविरुद्